समाज


एपीएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ क्लिनिक सञ्चालन

एपीएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ क्लिनिक सञ्चालन

नेपालखबर
फागुन २४, २०७७ सोमबार १५:१४,

काठमाडौंको बलम्वुमा रहेको नेपाल एपीएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ क्लिनिक सञ्चालनमा आएको छ।

१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालले क्लिनिकको उद्घाटन गरेकी छन्।

गाइनोकोलोजी क्यान्सर एवेरनेस बिषयमा प्रस्तुतीकरण तथा अन्तरक्रिया समेत सञ्चालन गरिएको कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा नेपाल एपीएफ अस्पतालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो।

सो गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ क्लिनिक सञ्चालनसँगै महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि भीआईए र भीआईएलआई पीएपी स्मेयर टेस्ट, एलबीसी र एचपीभी टेस्ट त्यसैगरी स्तन क्यान्सर स्क्रिनिङको लागि भिडियो एक्सरे तथा विभिन्न डाइगोनेस्टिक विधिबाट उपचारहरु प्रदान गरिनेछ।

सशस्त्र प्रहरी परिवार महिला संघ तथा नेपाल एपीएफ अस्पतालको सहकार्यमा सो अस्पतालमा आजैदेखि सञ्चालनमा आएको गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ क्लिनिक सेवाको सुचारुसँगै सशस्त्र प्रहरी परिवार महिला संघले सिफारिस गरेका महिलाहरुलाई गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ सेवा प्रदान गरी क्यान्सर रोगको सुरुको अवस्थाको समयमा नै रोग पहिचान गरी उपचार तथा रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ।

यसैगरी ट्यूमर तथा ट्यूमर सम्बन्धी बिरामीहरुको लागि शल्य चिकित्सक सेवा, नेपाल एपीएफ अस्पतालमा कार्यरत तथा अन्य स्वास्थ्यकर्मीहरुलाई गाइनोकोलोजी क्यान्सर स्क्रिनिङसम्बन्धी तालिम संचालन, टेलिमेडिसिन तथा तालिम प्राप्त स्वास्थ्यकर्महरुद्वारा प्रदेशस्तरमा समेत गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ सेवा विस्तार, रेडियो थेरापी तथा केमो थेरापी आवश्यक पर्ने क्यान्सरका बिरामीहरुलाई आवश्यकता अनुसार सम्बन्धित स्वास्थ्य निकायहरुमा समन्वय गरी रेफर गर्ने, गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ व्यवस्थापनका विभिन्न पक्षहरुमा अनुसन्धान गर्ने, सशस्त्र प्रहरी परिवार महिला संघले आयोजना गर्ने स्वास्थ्य शिविरहरु मार्फत महिलाहरुमा हुने क्यान्सरको बारेमा जनचेतना, स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम संचालन गर्नुका साथै सशस्त्र प्रहरी परिवार महिला संघको संयोजकत्वमा नेपालका दुर्गम स्थानहरुमा गाईनोकोलोजी क्यान्सर क्लिनिक शिविरहरु संचालन गरिने कुरा त्यसअवसरमा जानकारी गराइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad