एक सय एघारौं नारी दिवसको अवसरमा एम्स इन्टरनेशनल कलेजले प्रभातफेरीसहितको कार्यक्रम आयोजना गरेको छ।
ललितपुरको लगनखेलमा रहेको कलेजले सोमबार नारी दिवसको अवसरमा कलेजदेखि जावलाखेलसम्म प्रभातफेरी गरेको कलेजका कोअर्डिनेटर सुनिल महर्जनले जानकारी दिए। स्थानीय बाजागाजा, धुन सहितको झाकी पनि थियो ।
बिहान ७ बजेदेखि १० बजेसम्म भएको कार्यक्रममा एम्स कलेजमा बिए पहिलो र दोस्रो वर्षमा ुसोसल वर्कु अध्ययन गर्ने विद्यार्थीहरुले नारी मुक्ती र स्वतन्त्रता सम्बन्धि सृजना प्रस्तुत गरेका थिए ।

प्रभातफेरीपछिको कार्यक्रमलाई सम्बोधन गर्दै कलेज कोर्डिनेटर महर्जनले नारीहरुलाई सम्मान गर्ने संस्कार घरबाट सिक्नुपर्ने बताए ।
‘हामीले घरबाट नै नारीहरुमाथी हुने असमान व्यवहारको अन्त्य गराउनुपर्छ’, महर्जनले भने, ‘एम्स कलेजमा त महिला समानता सहभागिता मुख्य प्राथमिकता दिइएको छ।’
कलेजमा पुरुष भन्दा महिलाले अध्ययन गरेको बताउँदै उनले शिक्षाबाट नै समाजमा रहेको असमानता हटाउन सकिने बताए ।

सो कार्यक्रमलाई प्रहरीले पनि साथ दिएको थियो। एम्स कलेजमा सोसल वर्क, ग्रामीण विकास, समाजशास्त्र, व्यवस्थापन लगायतको पढाइ हुन्छ।

प्रतिक्रिया