बुरुन्डी सरकारले ४० प्रतिशत कैदीलाई जेलमुक्त गर्ने भएको छ। भीडभाडयुक्त जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अनुसार हरेक पाँचमध्ये दुई कैदीलाई जेलमुक्त गर्ने निर्णय सरकारले गरेको हो।
कैदीहरूको सजाय माफीका लागि राष्ट्रपतिले दिएको निर्देशन बमोजिम कम्तीमा पाँच हजार २२५ कैदीलाई जेलमुक्त गर्न लागिएको हो।
अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था ‘क्रिश्चियन्स फर एबोलिसन फर टर्चर’को बुरुन्डियाली शाखाको अनुमान अनुसार बुरूण्डीमा १३ हजार २०० कैदी छन्। राष्ट्रपतिको आममाफीको निर्देशनबाट यसको ४० प्रतिशत कैदी प्रत्रिया पु¥याएर जेलमुक्त हुनेछन्।
पूर्वी अफ्रिकी मुलुक बुरुन्डीमा जेलहरूको क्षमता चारहजार १०० कैँदी राख्न मिल्ने छ। राष्ट्रपतिको निर्देशनमार्फत् कैद मिनाहा गर्न लागिएका कैदीहरूमा सशस्त्र समूहमा सहभागी भई जेल परेका र देशको सुरक्षामा खतरा नरहेका कैँदीबन्दी छन्। उनीहरुले पाँच वर्षभन्दा बढी कैद बिताइसकेका छन्। एजेन्सी

प्रतिक्रिया