वाल स्ट्रिट जर्नलका अनुसार आइतबार रातिमात्र उक्त अन्तर्वार्तालाई १ करोड ७० लाखभन्दा बढीले हेरेका हुन्।
उक्त दुईघण्टाको अन्तर्वार्तामा राखिएका प्रत्येक ३० सेकेन्डको विज्ञापनको मूल्य ३ लाख २५ हजार अमेरिकी डलर भएको पनि फोर्ब्सले जनाएको छ।
फोर्ब्सका अनुसार सीबीएस टेलिभिजनले यो अन्तर्वार्तालाई प्रसारण गर्नका लागि ७० देखि ९० लाख अमेरिकी डलर तिरेको छ।
सीबीएसले त्यति रकम तिर्दा यो कार्यक्रमलाई अन्य टिभीमा प्रसारण गर्न पाउने लाइसेन्स प्राप्त गरेको छ।
दुईघण्टाको अन्तर्वार्ता दुई भागमा बाँडिएको छ। एउटामा ओप्राले मेगनसँग मात्र कुराकानी गरेका छन् भने अर्को भागमा ह्यारी मेगनसँगै देखिएका छन्।
ह्यारी र मेगनको अन्तर्वार्ता बेलायती राजपरिवारको लागि निकै ठूलो झट्का मानिएको छ।
अन्तर्वार्तामा ह्यारी र मेगनले शाही पदवी त्याग्नुको कारण रंगभेदी दृष्टिकोण रहेको बताउन खोजेका छन्।
यो पनिः श्रीमती र छोरामाथि रंगभेदी टिप्पणी बढेपछि ह्यारी शाही पदवी त्याग्न बाध्य भए
प्रिन्स ह्यारी र मेगनले भनेः छोरा आर्चीले बहिनी उपहार पाउँदैछन्
Shares

प्रतिक्रिया