मंगलबार बिहानसम्ममा यो आगलागीमा परेर ज्यान जाने व्यक्तिको संख्या ६० पुगेको यहाँका एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन्।
उनले यस आगलागीमा परेर कम्तीमा पनि ६० जना आप्रवासीको ज्यान गएको मंगलबार बिहान जानकारी गराएका बताइएको छ।
त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका कर्मचारी परेको बताइएको छ। कतिपय यहाँ ज्यान गुमाउनेमा अफ्रिकी नागरिक पनि परेका ती सुरक्षा अधिकारीले जानकारी दिए।
साथै यस दुर्घटनामा परेर एक सय जना भन्दा बढी घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ। सो संगठनले यसमा परेर जलेका र अरु घाइतेहरुलाई आवश्यक सहयोग गरिरहेको जनाएको छ।
आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले दिएको जानकारी अनुसार सो आगलागीका कारण धेरै मानिस अझै जलेका छन् र केही भागदौडमा परेर घाइते भएका छन्।
उनले मंगलबार पनि आफ्नो ट्विटरमार्फत् केही घाइतेहरुको अवस्था गम्भीर रहेको जाकारी दिएका छन्। आईओएमले विशेषगरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनको भनाइ छ।
हिजो नै त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका बताइएको थियो। रासस/सिन्हवा
Shares

प्रतिक्रिया