सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ।
केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले जानकारी दिए।
निजी केरी बगैँचाको माटोमुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक पर्छ। भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ।
पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया