समाज


महाशिवरात्रिमा यसरी हुँदै छ ट्राफिक व्यवस्थापन

महाशिवरात्रिमा यसरी हुँदै छ ट्राफिक व्यवस्थापन

नेपालखबर
फागुन २६, २०७७ बुधबार ९:२१,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ।

पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको छ भने बिभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागि छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध समेत मिलाएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उनीहरुको सुबिधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्बाध आवतजावतको ब्यबस्था मिलाइएको साथै पार्किङ गर्ने स्थानहरु समेत तोकिएको छ।

नियमित जस्तै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भिडभाड अत्याधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाइने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए। चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अबस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरि वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने समेत जानकारी दिए।

Siva_Ratri_2077_new_copy.jpg

मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ।

दर्शनार्थी एव भक्तजनहरुका सवारी साधनहरुलाई बनकाली खुल्ला चौर, सिफलचौर, गुह्हेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ। यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र बनकाली भित्र राखिने छ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ स्थान तोकिएको छ। गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अबस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ।

चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad