मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गर्दै गरेको अवस्थामा काठमाडौमा एक ब्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी घर भई तिनकुने डेरा गरी बस्ने १९ वर्षीय मनिष चापागाई रहेका छन्।
महानगरपालिका–३२ सुविधानगरस्थित बिग मार्ट अगाडि पार्किङ गरी राखेको बा.५८ प १६६४ नम्बरको मोटरसाइकल शुक्रबार साँझ हराएकोमा खोजी गर्ने क्रममा सोही ठाउँमा रहेको विप्लप मोटरसाइकल वर्कशपमा नम्बरप्लेट परिवर्तन गर्दै गरेको अवस्थामा चापागाई पक्राउ परेका हुन्।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
3
Shares

प्रतिक्रिया