नेपालबाट भारततर्फ सिलप्याक मदिराको तस्करी गर्ने तयारी गरिरहेका एक भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
भारत मटियारी ग्राम पञ्चायतका ३२ वर्षीय शिवलाल रायलाई विभिन्न ब्राण्डका सिलप्याक मदिरासहित पक्राउ गरिएको हो।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गएराति साढे १ बजे मोरङको जहदा १ लंकाटोलस्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरासहित रायलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उंमग लेखिएको ३०० मिली ग्रामको ५७ कार्टुन, पलपल लेखिएको ३०० मिली ग्रामको ४० कार्टुन, सोफीका लेखिएको ३०० मिली ग्रामको ३७ कार्टुन, हरपल लेखिएको ३०० मिली ग्रामको १५२ कार्टुन र ३०० मिलीग्रामको खुल्ला १ हजार ९ सय ९५ बोतल मदिरा बरामद भएको हो।

उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजान लागेका भारतीय नम्बर प्लेटको डब्लुबी.२०जेट.१०८७६ नम्बरको कार र ४ वटा मोटरसाइकलसहित रायलाई पक्राउ गरिएको हो।
पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया