समाज


अम्बानीको घरबाहिर विस्फोटक पदार्थ राखिएको घटनामा अर्को ठूलो खुलासा

अम्बानीको घरबाहिर विस्फोटक पदार्थ राखिएको घटनामा अर्को ठूलो खुलासा

नेपालखबर
चैत ३, २०७७ मंगलबार ८:०,

भारतमा उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ राखिएको प्रकरणमा मुम्बईका तत्कालीन प्रहरी सहायक निरीक्षक सचिव वाजे पक्राउ परेयता दिनदिनै नयाँ–नयाँ रहस्य खुलासा भइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यस क्रममा आज अर्काे ठूलो खुलासा भएको छ।

अम्बानीको घरअगाडि विस्फोटक पदार्थ जिलेटिन र मारिदिने धम्कीको पत्रसहित फेला परेको स्कार्पियो गाडी घटनाको अघिल्लो दिन अर्थात् फेब्रुअरी २४ सम्म हाल निलम्बित सहायक प्रहरी निरीक्षक वाजेकै साथमा रहेको रहस्य खुलेको हो।

घटना अनुसन्धान गरिरहेको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) का अनुसार निलम्बित सहायक प्रहरी निरीक्षक वाजेले आफ्नो क्षेत्रको सीसीटीभी नै डिलिट गरेको पाइएको छ। त्यसलाई रिकभर गरेर हेर्दा रहस्य पर्दाफास भएको हो। 

यसअघि अम्बानी प्रकरण अनुसन्धानको जिम्मा उनैको टोलीलाई दिइएको थियो।

सीसीटीभी फुटेजबाट के पत्ता लाग्यो भने मनसुख हिरेन (घटनालगत्तै जसको रहस्यमय मृत्यु भयो) को भनिएको स्कार्पियो गाडी चोरी भएकै थिएन। यो गाडी फेब्रुअरी १८ देखि २४ अर्थात् अम्बानीको घरनजिक विस्फोटक पदार्थसहित भेटिनु अघिल्लो दिनसम्म सचिन वाजेकै क्षेत्रमा देखिएको छ। 

घटनाको पृष्ठभूमि :  अम्बानीको घरबाहिर विस्फोटक पदार्थ प्रकरण : सहायक प्रहरी निरीक्षक वाजे निलम्बन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad