भारतका उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोट पदार्थ राखिएको प्रकरणमा मुम्बईका प्रहरी आयुक्त परमवीर सिंहलाई सरुवा गरिएको छ। उनलाई गृह रक्षकको जिम्मेवारी दिइएको छ।
अम्बानी प्रकरणमा मुम्बई प्रहरीकै सहायक प्रहरी निरीक्षक सचिन वाजेलाई पक्राउ गरिएपछि सिंहका विषयमा पनि प्रश्न उठेको थियो।
उनलाई हटाएर मुम्बईको प्रहरी आयुक्त हेमन्त नागरालेलाई बनाइएको महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले ट्विट गरेर जानकारी दिएका छन्।
सरकारचा मोठा निर्णय
श्री हेमंत नगराळे होणार नवे मुंबई पोलीस आयुक्त
श्री रजनीश शेठ यांच्या कडे पोलीस महासंचालक महाराष्ट्र राज्य या पदाचा अतिरिक्त कार्यभार
श्री संजय पांडे यांच्या कडे महाराष्ट्र राज्य सुरक्षा महामंडळाची जवाबदारी
श्री परमवीर सिंह यांच्या कडे गृह रक्षक दलाची जवाबदारी
गत फेब्रुअरी २५ का दिन उद्योगपति अम्बानीको घरबाहिर विस्फोटक पदार्थ जिलेटिन र हत्या गर्ने चेतावनीयुक्त पत्रसहित स्कार्पियो गाडी फेला परेको थियो।
सीसीटीभी फुटेज हेर्दा त्यो काम हाल निलम्बित मुम्बईका सहायक प्रहरी निरीक्षक वाजेले नै गरेको देखिएको त्यहाँको राष्ट्रिय अनुसन्धान एजेन्सीले जनाएको छ।
घटना अनुसन्धान क्रममा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
याे पनि : मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ राख्ने व्यक्ति प्रहरी अधिकारी वाजे नै !

प्रतिक्रिया