ब्राजिलमा एकैदिन कोरोनाका कारण ३ हजारभन्दा बढीको मृत्यु भएको हो।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार कोरोना भाइरसको प्रकोपबाट २४ घण्टाको अवधिमा ३ हजार २५१ जनाको मृत्यु भएको उल्लेख गरेको छ।
प्राप्त समाचारअनुसार मंगलबारसम्ममा ब्राजिलका २ लाख ९८ हजार भन्दा बढी व्यक्तिले कोरोनाका कारण ज्यान गुमाएका छन्।
ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो। ब्राजिलमा गत २४ घन्टामा ८० हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित विरामी भेटिएका पनि सो समाचारमा जनाइएको छ।
यसैबीच भारतमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधीमा यहाँँ ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया