समाज


मेयरका दुईवटा डोजरमा अज्ञात समूहद्वारा आगजनी

मेयरका दुईवटा डोजरमा अज्ञात समूहद्वारा आगजनी

नेपालखबर
चैत १६, २०७७ सोमबार ३:३६,

डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ।

नगरपालिकाको केन्द्र जुफालबाट ५ र ६ नम्बर वडा जोड्ने सडक खन्ने काममा प्रयोग भएका डोजरमा आगजनी भएको प्रहरीले जनाएको छ। जुफाल र लहाराको बीचको जङ्गलमा भे १ क ४६३६ र भे १ क १२९४ नम्बरका दुइ डोजरमा अज्ञात समूहले हिजो राति आगजनी गरेको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए।

स्थानीयवासीले शनिबार साँझ ७ः३० बजेसम्म डोजर सद्दे अवस्थामा थिए। आइतबार बिहान आगलागीले डोजर नष्ट भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

डोजरमा आगजनी गर्नेको पहिचान नभएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। आगजनी भएका दुबै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा दर्ता भएका छन्।

आफू काठमाडौँ गएको बेला डोजरमा आगजनी गरिएको नगरप्रमुख शाहीले बताए। प्रहरी घटनास्थलमा पुगिसकेको र अहिलेसम्म ठ्याक्कै कसैमाथि शङ्का नभएको शाहीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad