समाज


जहाँ गुराँस टिपे तिर्नुपर्नेछ ५ हजार जरिवाना

जहाँ गुराँस टिपे तिर्नुपर्नेछ ५ हजार जरिवाना

नेपालखबर
चैत २३, २०७७ सोमबार २:४६,

म्याम्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्।

घोडेपानी टोल सुधार समितिले आइतबार सार्वजनिक सूचना जारी गरेर अनुमतिबिना गुराँसलगायत अन्य फूल टिप्न रोक लगाएको हो।

समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अटेर गरेर गुराँस टिपे ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको जानकारी दिए।

‘गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रूख मासिने खतरा बढेको छ,’ उनले भने, ‘राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको हो।’

गुराँसको फूल नपाक्दै टिपिदिदाँ त्यसको बिउ भुइँमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुने उनले बताए।

घोडेपानीको जंगलमा पछिल्लो दस वर्षयता गुराँसका रूख काट्न पनि रोक लगाइएको छ। विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन्। नेपालमा ३२ प्रताजिका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन्।

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको आकलन गरिएको छ। वसन्त ऋतृृसँगै घोडेपानी क्षेत्रको गुराँसको जंगल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ।

वनैभरि राताम्मे फुलेका गुराँसका रङले यहाँको जंगल निकै मनमोहक र आकर्षक बनेको छ। गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटक बढ्न थालेका घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad