समाज


विज्ञान प्रविधिका ११ विधामा १७ व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिँदै

विज्ञान प्रविधिका ११ विधामा १७ व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिँदै

नेपालखबर
चैत २३, २०७७ सोमबार १५:२८,

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विभिन्न ११ विधामा पुरस्कृत हुने व्यक्ति तथा संस्थाको छनौट गरेको छ।

प्रधानमन्त्री एवम् प्रतिष्ठानका कूलपति केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले पुरस्कृत व्यक्ति तथा संस्थाहरुको छनौट गरेको हो।

जसमा प्रकृति संरक्षण पुरस्कार राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौंलाई, कूलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई, विज्ञान पुरस्कार डा. उत्तमबाबु श्रेष्ठलाई प्रदान गरिने भएको छ।

यस्तै, प्रविधि पुरस्कार डा. शेरबहादुर पुन, विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. भेषराज थापा, डा. सुनिता गौतम, डा. आनन्द मिश्र, डा. अनुपमा श्रेष्ठ, डा. सागर रेग्मीलाई प्रदान गर्ने निर्णय गरिएको छ।

यसैगरी विज्ञान तथा प्रविधि महिला पुरस्कार डा. रेशमा तुलाधर, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्धृन पुरस्कार डा. नेपाल विज्ञान शिक्षक समाज काठमाडौं र सुश्री मनिषा द्वा, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्का गोविन्द प्रसाद पोख रेल (कान्तिपुर), दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सुश्री मिरा खड्का र प्रदीपकुमार चौधरी, फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार दीपेश दुवे र विज्ञान शिक्षक पुरस्कार श्री नातीकाजी महर्जन, ज्ञानोदय माध्यमिक विद्यालय वाफल काठमाडौंलाई दिने निर्णय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad