समाज


मिसेस श्रीलंकाको मञ्चमै झगडा, शिरबाटै ताज खोसिएकी विजेता घाइते (भिडिओ)

मिसेस श्रीलंकाको मञ्चमै झगडा, शिरबाटै ताज  खोसिएकी विजेता घाइते (भिडिओ)

नेपालखबर
चैत २५, २०७७ बुधबार ६:१७,

विजेता प्रतिस्पर्धीको शिरमा पहिराइएको ताज नै खोसेर फर्स्ट रनरअपलाई लगाइ दिएपछि विवाद भएको हो।

यसरी मञ्चमै झगडा भएपछि विजेता पुष्पिका भिसिल्भाको शिरमा चोट लागेको बीबीसीले जनाएको छ।

विजेता घोषणा भएको केही बेरमै सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसेर सेकेन्ड रनरअपलाई लगाइदिएकी थिइन्।

आफ्नो ताज स्टेजमै खोसिएपछि डिभिल्भा रुँदै स्टेजबाट बाहिरिएकी थिइन्।

वास्तवमा यस सुन्दरी प्रतियोगितामा विवाहित तथा सम्बन्धविच्छेद नभएकी महिलाले मात्र भाग लिन पाउँछन्। तर सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै उनलाई दिइएको उपाधि पूर्वविजेताले खोसेकी थिइन्।

तर यतिबेला डिसिल्भाको सम्बन्धविच्छेद नभएको पुष्टि भएको भन्दै आयोजकहरूले उक्त उपाधि डिसिल्भालाई फिर्ता दिएका छन्।

आफू छुट्टै बसे पनि सम्बन्धविच्छेद नभएको बताउने डिसिल्भासँग आयोजकहरूले माफी मागेका छन्।

फेसबुक पोस्टमा डिसिल्भाले टाउकोमा लागेको चोटका कारण आफू अस्पताल जानुपरेको उल्लेख गरेकी छन्।

आफूमाथि भएको अनुचित र अपमानजनक व्यवहारका लागि कानुनी कदम चाल्ने पनि उनले बताएकी छन्।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad