डब्लूएचओ तथा विभिन्न स्वास्थ्य अधिकारीहरुले गरेको अनुसन्धानमा बालबालिकामा कोरोनाको असर अत्यन्तै कम रहेको देखिएको थियो।
१ देखि १० वर्षका बालबालिकामा कोरोना संक्रमण भएपनि त्यसले गम्भीर प्रतिकूल असर गर्ने दर शुन्य भएको जनाइएको थियो।
तर पछिल्ला तथ्यांकले फरक परिदृश्य दर्शाउँछ। ब्राजिलमा १३ सय बालबालिकाको कोरोनाकै कारण ज्यान जाँदा अहिले भारतको राजधानी दिल्लीमा शिशुमै पनि कोरोनको असर खराब रुपमा पर्न थालेको छ।
बीबीसीका अनुसार जेसिका रिकार्टे नाम गरेकी महिला ब्राजिलमा दुई महिना अगाडि आफ्नो एक वर्षको छोरालाई उपचार गर्न अस्पताल पुगेकी थिइन्।
बालकमा कोरोना देखिएको थियो। यद्यपी डाक्टरले बालबालिकालाई केही नहुने भन्दै उनलाई कोरोना उपचार नचाहिने बताएका थिए।
तर यतिबेला ती बालकको मृत्यु भएको छ।
यस्तै टाइम्स अफ इन्डियाका अनुसार दिल्लीका एक आठ महिने शिशुमा कोरोनाको गम्भीर असर देखिएपछि अस्पताल भर्ना गरिएको छ।
कोरोनाबाट संक्रमित उक्त बच्चामा लगातार ज्वरो र निमोनियाको समस्या छ।
लोक नायक अस्पतालका मेडिकल निर्देशक डाक्टर सुरेश कुमारले टाइम्स अफ इन्डियासँग कुरा गर्दै भनेका छन्,‘यहाँका अस्पतालमा कोरोना लागेका ८ बच्चा भर्ती भएका छन्। जसमध्ये एकको उमेर मात्र आठ महिनाको छ। बाँकी १२ वर्ष मुनिका छन्।’

प्रतिक्रिया