समाज


१८ वर्ष ६ महिनाकी किशोरी जब विवाहको लागि वेहुलासँगै मण्डपमा बसिन्...

१८ वर्ष ६ महिनाकी किशोरी जब विवाहको लागि वेहुलासँगै मण्डपमा बसिन्...

नेपालखबर
बैशाख १८, २०७८ शनिबार ३:२१,

सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारीमा एक युवक र किशोरीबीच हुँदै गरेको विवाह प्रहरीले रोकेको छ।

उमेर नपुगेकी किशोरीसँग मकवानपुरको बकैया गाउँपालिका–७ निवासी युवकले विवाह गर्न लागेको जानकारी पाएपछि शुक्रबार विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन।

बेहुलाको उमेर २५ वर्ष भए पनि बेहुलीको उमेर १८ वर्ष ६ महिना मात्रै भएकाले विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। किशोरी र युवकबीच विवाह हुँदै गरेको उजुरी परेपछि प्रहरी बेहुलीको घरमै पुगेको थियो।

‘दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर पुगेको रहेनछ,’ एसपी थपलियाले भने, ‘दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६ महिना मात्रै पुगेको रहेछ।’ कानुनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरेको छ।

दुवै पक्षले केटीको उमेर नपुगी विवाह नगर्ने सहमति गरेपछि दुलहा र दुलही दुवैलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाएर छाडिएको थपलियाले बताए। प्रहरीले विवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ। राससको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad