ad ad

समाज


दाङमा कारभित्र भेटिएका ३ शव स्थानीय एकै टोलका बालकका

दाङमा कारभित्र भेटिएका ३ शव स्थानीय एकै टोलका बालकका

नेपालखबर
बैशाख १९, २०७८ आइतबार २:९,

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, स्थित स्याउली बजारमा पार्किङ गरिराखिएको भारतीय कारभित्र भेटिएका ३ शव स्थानीय बालकको भएको पत्ता लागेको छ।

शनिबार राति भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र ३ वटा शव भेटिएको भन्ने खबर आएपछि प्रहरी टोली पुगेर हेर्दा तीनै जना बालक र उनीहरू एकै टोल– तुलसीपुर उपमहारनगपालिका वडा नम्बर ६ कै बरुवा गाउँका भएको खुलेको हो।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द्रप्रसाद रिजालले दिएको जानकारीअनुसार कारभित्र मृत फेला परेकाहरू तुलुसीपुर उपमहारनगपालिका वडा नम्बर ६, बरुवा गाउँका ९ वर्षीय सन्देश परियार, सोही ठाउँका ८ वर्षीय करण परियार र सोही स्थानका ७ वर्षीय सुवर्ण परियार हुन्। 

एकै थर (परियार) भए पनि उनीहरू अलग–अलग परिवारका भएको डीएसपी रिजालले बताए। तीनै बालकका शव खुलै अवस्थामा कारका सिटमा थिए।

डीएसपी रिजालका अनुसार बालकका शरीरमा कुनै चोटपटक छैन भने हत्या हो वा अन्य किसिमको मृत्यु, अहिल्यै भन्न सकिने अवस्था छैन।

‘शव सडेको, गन्हाएको अवस्थामा छ,’ आज बिहान डीएसपी रिजालले नेपालखबरसँग भने, ‘शव पोस्टमार्टका लागि अस्पताल पठाइएको छ, रिपोर्ट आएपछि केही खुल्ला।’

डीएसपी रिजालका अनुसार गाडी धनी पनि पहिचान भइसकेको छ तर अनुसन्धान जारी रहेकाले अहिल्यै खुलाउन मिल्दैन। ‘तपाईंहरूलाई हामी अलि पछि सबै जानकारी गराउँला,’ उनले भने।

डीएसपी रिजालका अनुसार ती बालकका अभिभावकले यही वैशाख १६ गते आफ्ना छोरा हराएको भन्ने उजुरी दिएको पाइएको छ।

‘प्रहरीले खोजतलास जारी राखेको थियो,’ उनले भने, ‘यसै क्रममा हिजो (शनिबार) राति एक्कासि कारभित्र शव भेटिएको भन्ने खबर आयो।’ जुन शव उनीहरूकै भएको पाइएको हो।

शव भेटिएको कार हालसालै नभएर माघदेखि नै त्यहाँ पार्किङ गरिराखिएको बुझिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .