सुनको मूल्यमा आज (बुधबार) उच्च गिरावट आएको छ।
मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा २ हजार ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार ५ सय निर्धारण भएको छ। हिजो छापावाल सुन १ लाख ३७ हजार २ सयमा कारोबार भएको थियो।
आज तेजावी सुन एक लाख ३३ हजार ६५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज जाँदीको मूल्य पनि तोलमा २० रुपैयाँ घटेको छ। आज चाँदी १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ थियो।
2.4k
Shares
प्रतिक्रिया