भोजपुरका एक युवा अरुण नदीमा शनिबारदेखि बेपत्ता भएका छन्।
भोजपुरको षडानन्द नगरपालिका ७ का २९ वर्षीय रुद्र बहादुर न्यौपाने अरुण नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो सवा १ बजे षडानन्द नगरपालिका ६ स्थित अरुण नदीको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए।
प्रहरी टोली र स्थानीयवासीले खोजतलास गरिरहेका छन्। खोजतलासमा जिल्ला प्रहरी कार्यालय भोजपुर र स्थानीयवासी खटिएका छन्।

प्रतिक्रिया