समाज


उपत्यकामा मात्रै सेनाद्वारा १७ सय ६४ कोरोना संक्रमितको शव व्यवस्थापन

उपत्यकामा मात्रै सेनाद्वारा १७ सय ६४ कोरोना संक्रमितको शव व्यवस्थापन

नेपालखबर
बैशाख २०, २०७८ सोमबार १३:४८,

नेपाली सेनाले उपत्यकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु भएका १ हजार ७ सय ६४ जनाको शव व्यवस्थापन गरेको छ।

सैनीक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार गतवर्ष जेठदेखि वैशाख २० गतेसम्ममा सो संख्यामा शव व्यवस्थापन गरेको हो।

सुरुमा विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्दै आएको सेनाले पछिल्ला समय मृतकको संख्या बढ्दै गएपछि वागमती किनारमा चिता बनाएर पनि जलाउन थालेको छ।

वैशाखमा सोमबारसम्ममा २ सय ४ जनाको शव व्यवस्थापन गरिसकेको छ।

गतवर्ष जेठमा ५ जनाको शव व्यवस्थापन गरेको सेनाले असारमा ७ र साउनमा १६ जनाको शव व्यवस्थापन गरेको थियो।

covid death 20

त्यसपछि मृतकको संख्या थपिँदै गएको थियो। भदौमा १३३ जना र असोजमा ३ सय ४४ जनाको शव व्यवस्थापन सेनाले गरेको छ।

उपत्यकामा कार्तिकमा मृतकको संख्या अत्याधिक बढेको थियो। कार्तिकमा उपत्यकामा मात्रै सेनाले ५२८ जनाको शव व्यवस्थापन गरेको छ।

त्यसपछि मृतकको संख्या घट्न थालेको थियो। मंसिरमा ३ सय १२, पुसमा १ सय १०, माघमा ५४ र फागुनमा २१ जनाको शव व्यवस्थापन सेनाबाट भएको छ।

दोस्रो लहरको संक्रमण सुरु भएसँगै नेपालमा पनि फेरि मृतकको संख्या बढ्न थाल्यो। चैतमा ३० जनाले उपत्यकामा ज्यान गुमाए।

वैशाखमा यो संख्या झनै बढ्ने देखिएको छ । सरकारले मापदण्ड पालना गरेर सर्वसाधारण आफैंले संक्रमितको शव व्यवस्थापन गर्न सक्ने व्यवस्था गरेपनि सेनाले नै व्यवस्थापन गर्दै आएको छ।

मृतकका आफन्तको स्वीकृति लिएर सेनाले शव व्यवस्थापन गर्दै आएको छ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३३ सय ६२ जनाको ज्यान गइसकेको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३७ जनाको ज्यान गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad