समाज


अक्सिजन नभएको भन्दै नेपाल मेडिकल कलेजले निकाल्यो १२ बिरामी

अक्सिजन नभएको भन्दै नेपाल मेडिकल कलेजले निकाल्यो १२ बिरामी

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १२:४३,

जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अक्सिजन नभएको भन्दै १२ जना कोरोना संक्रमणका बिरामीलाई निकालेको छ।

कोरोना संक्रमणका गम्भीर बिरामी अस्पतालमा अक्सिजन सकिएपछि ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख प्रशासक ज्योति खड्काले बताए।

अस्पतालले मंगलबार सूचना जारी गर्दै अक्सिजन व्यवस्था गर्ने सम्भावना न्यून भएको भन्दै डिस्चार्ज हुन भनेको थियो।

अक्सिजन आपूर्ति गर्ने कम्पनी सोपान फर्मास्युटिकल्स लिमिटेडको मेसिन बिग्रिएकाले अक्सिजनको अभाव भएको अस्पताल प्रशासनले जनाएको छ।

अन्यत्रबाट समेत अक्सिजनको व्यवस्था हुन नसकेपछि बिरामी डिस्चार्ज गर्नुपरेको अस्पतालको भनाइ छ।

अक्सिजन अभावमा बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले पहिल्यै जानकारी गराएको अस्पतालले जनाएको छ।

अक्सिजनको अभावमा बिरामीलाई डिस्चार्ज गर्न लागिएको बारे स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, महानगरीय प्रहरी वृत्तलगायतमा जानकारी गराइसकेको अस्पतालको दाबी छ।

यसैबीच बिरामी डिस्चार्ज गर्न थालेपछि कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी)ले नेपाल मेडिकल कलेजमा १३ वटा अक्सिजन पठाएको छ।

त्यहाँ अझै ७८ जना कोरोना संक्रमणका बिरामीको उपचार भइरहेको छ। बिरामीमध्ये सबै अक्सिजन दिनैपर्ने अवस्थाका छन्।

बाँकी अक्सिजनका लागि पनि आफूहरुले जानकारी गराइसकेको र व्यवस्थापन गर्ने प्रयास भइरहेको खड्काले नेपालखबरलाई बताए।

nmc attarkhel medical college2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .