समाज


अक्सिजनको चरम अभाव : बेलझुण्डीमा ८ को ज्यान गयो

अक्सिजनको चरम अभाव : बेलझुण्डीमा ८ को ज्यान गयो

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १२:४८,

कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टाको अवधिमा आठ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिकाका ५, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका १/१ जना रहेका छन्।

अस्पतालका व्यवस्थापक दोर्ण ओलीले अस्पतालको क्षमताले भ्याएसम्म संक्रमितलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिए। पछिल्लो समय जिल्लामा अक्सिजनको चरम अभावका भएको छ।

पर्याप्त अक्सिजन नहुँदा संक्रमितको अवस्था दयनीय रहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्चालमार्फत जनाएका छन्।

उनले अक्सिजनको चरम अभावका कारण बिरामी छट्पटाइ रहेको अवस्था रहेकाले यसमा जिल्लाका सांसदलाई यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .