समाज


भारतमा कोरोना महामारीबीच शक्तिशाली सामुद्रिक आँधीको सन्त्रास !

भारतमा कोरोना महामारीबीच शक्तिशाली सामुद्रिक आँधीको सन्त्रास !

नेपालखबर
जेठ २, २०७८ आइतबार २:११,

भारतमा चक्रवात् आउने आशंकाले उद्धार टोलीलाई ‘अलर्ट’ राखिएको छ।

भारतको मौसम विभागले शनिबार गरेको अनुमानअनुसार अरब सागरबाट सुरु हुने सामुद्रिक आँधी पर्सि मंगलबार गुजरातमा चक्रवातको रूप लिएर आउनेछ।

यही खतरा विचार गरी नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरए) ले उद्धार तथा राहत टोलीको संख्या ५३ बाट बढाएर सय पुर्याउको छ। साथै प्रभावित हुन सक्ने ६ वटै राज्यले चक्रवातबाट हुने क्षति सामनाका लागि आआफ्ना तयारी गरेका छन्।

अधिकारीहरूले सम्भावित खतरा विचार गर्न र सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।

भारतको मौसम विभागका अनुसार शनिबार बिहान साढे ८ बजे ताउते नामक आँधी अरब सागरमाथि पूर्वमध्य दिशामा थियो। त्यहाँबाट अघि बढेर २४ घण्टापछि त्यो शक्तिशाली चक्रवातमा परिणत हुने र मे १८ तारिख अर्थात् मंगलबार दिउँसोदेखि साँझसम्म गुजरातमा बज्रिने मौसम विभागको अनुमान छ। यसले पाकिस्तानको पोरबन्दरमा समेत असर पुर्याउने अनुमान गरिएको छ।

आँधीले पोरबन्दर र नालिया तटमा महाविनाश निम्त्याउने आशंका छ। यस क्रममा केरल, तमिलनाडु, लक्षद्वीप, कनौटक, गोवा, गुजरात र पश्चिम राजस्थानमा ठूलो वर्षा हुने अनुमान भारतका मौसमविद्ले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad