समाज


कोरोना संक्रमणका कारण च्यानल नेपालका पत्रकार शान्तिराम कार्कीको निधन

कोरोना संक्रमणका कारण च्यानल नेपालका पत्रकार शान्तिराम कार्कीको निधन

नेपालखबर
जेठ २, २०७८ आइतबार ३:५९,

नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणको कारण निधन भएको छ।

३४ वर्षीय कार्कीको शनिबार साँझ स्वयंभूस्थित मनमोहन अस्पतालमा निधन भएको हो। गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो।

कार्कीको स्वास्थ्य अवस्था जटिल बनेपछि वैशाख २३ गतेदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो। शनिबार साँझ ८ः०० बजे उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

झापा निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा बसेर पत्रकारितामा सक्रिय थिए। जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत थिए।

उनले सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारी वहन गरेका थिए। प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको निधनबाट स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन्। कोरोनाकै कारण नेपालमा हालसम्म १३ पत्रकारको निधन भएको छ भने ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad