कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ७३ पुगिसेकेको छ।
गृह मन्त्रालयको विवरणअनुसार देशका ७७ जिल्लामध्ये निषेधाज्ञा जारी हुन अब जम्मा ४ जिल्ला मात्र बाँकी छन्। ती हुन्– पूर्वीरुकुम, मनाङ, खोटाङ र तेह्रथुम।
यी जिल्लामा तुलनात्मक रूपमा संक्रमित कम देखिएकाले अहिलेसम्म निषेधाज्ञा जारी नगरिएको हो।
अन्य ७३ जिल्लामा भने आंशिक तथा पूर्ण रूपमा निषेधाज्ञा लागू गरिएको छ।
गृह मन्त्रालयका अनुसार निषेधाज्ञा घोषित जिल्लामध्ये ६९ मा पूर्ण र ४ जिल्लामा आंशिक रूपमा लागू छ।
आंशिक निषेधाज्ञा लागू गरिएका जिल्ला हुन्, काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ।
हेर्नुहोस्, निषेधाज्ञा जारी जिल्लाको सूची :

प्रतिक्रिया