चार दिनदेखि बेपत्ता भएकी भरतपुर नर्सिङ अस्पतालमा अध्ययनरत २८ वर्षीया सन्तोषी श्रेष्ठको खोजी कार्य तीव्र पारिएको छ।
उनको खोजीका लागि बुधबार सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट गोताखोर परिचालन गरिएको हो।
तनहुँको बन्दिपुर गाउँपालिका–४ घर भई हाल पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका–२ मा डेरा गरी बस्ने श्रेष्ठ असार १४ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्।
15
Shares

प्रतिक्रिया