समाज


नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लाग्यो, थप जोखिमपूर्ण रहेको निष्कर्ष

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लाग्यो, थप जोखिमपूर्ण रहेको निष्कर्ष

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १३:५८,

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ।

नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मंगलबार एक अपिल प्रकाशित गरी देशका विभिन्न भागबाट संकलन गरिएको ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा ‘डब्ल्युएचओ आईडेन्टीफाइड सेन्टर अफ एक्सलेन्स इन जिनोमिक सेक्वेन्सिङ सीएसआईआर इन्च्टीच्युट अफ जिनोमिक एण्ड इन्ग्रिटिभ बायोलोजी, इन्डीया’ मा जिन सिक्विन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशत (३४ वटा) मा नयाँ भेरियन्ट बी १.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१.६१७१ पुष्टि भएको जनाएको छ।

योसहित नेपालमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले संक्रमणको जोखिम न्यूनिकरणका लागि थप सचेतना अपनाउन पनि सबैसँग अपिल गरेको छ।

pr-1-4_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad