प्रहरी अपराध महाशाखाले ललितपुरबाट ठूलो मात्रामा स्वास्थ्य सामग्री बरामद गरेको छ।
स्यानिटाइजर, फेससिल्ड लगायतका सामग्री अवैधरुपमा उत्पादन भइरहेको सूचनाका आधारमा महाशाखाका डीएसपी दुर्गाराज रेग्मी नेतृत्वकाे टोलीले बरामद गरेको हो।
आरसीबी नेपाल वीरगन्ज लेखेर ललितपुरको इमाडोलमै उत्पादन भइरहेको उद्योगमै प्रहरीले छापा मारेको हो। महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङसहितको टोली अहिले त्यहाँ पुगेको छ।
करिव ८-१० ट्रक स्वास्थ्य सामग्री रहेको त्यहाँ रहेका एक प्रहरी अधिकृतले बताए। सामान संकलनको काम भइरहेको र औषधि व्यवस्था विभाग तथा प्रमुख जिल्ला अधिकारी लगायतलाई बोलाइएको छ।
लेवलिङ, प्याकेजिङ लगायतका सबै काम त्यहीँ भइरहेको छ। प्रहरीले केमिकल ल्यावमा पठाइएकोमा मान्छेको स्वास्थ्यको लागि हानिकारक भएको रिपोर्ट दिएको थियो।




प्रतिक्रिया