तनहुँमा एक महिला मृत भेटिएकी छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएकी ५५ वर्षीया निरीमाया पाइजा मगर मृत फेला परेको प्रहरीले जनाएको छ।
उनी तनहुँ शुक्लागण्डकी–२, चुङ्गेडाँडामा बस्ने गरेकी थिइन्।
हलेदीस्थित सेती नदीको किनारमा मंगलबार ती महिला मृत फेला परेकी हुन्।
हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए। रासस
3
Shares

प्रतिक्रिया