समाज


चीनले दिएको भेरोसेल खोप कहिलेसम्म प्रयोग गर्न मिल्छ?

चीनले दिएको भेरोसेल खोप कहिलेसम्म प्रयोग गर्न मिल्छ?

नेपालखबर
जेठ १९, २०७८ बुधबार ४:१४,

चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप २५ जेठदेखि नागरिकलाई लगाउने तयारी सरकारले गरेको छ।

बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड सिनोफार्मले उत्पादन गरेको कोभिड १९ विरुद्धको भेरोसेल खोपको ९ लाख डोज नेपाल आइसकेको छ। बाँकी एक लाख डोज पनि आजै नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने यो खोपको म्याद दुई वर्षको छ । भारतबाट ल्याइएको कोभिसिल्ड खोपको म्याद भने ६ महिना मात्र छ।

पुरानो प्रविधिमा आधारित भेरोसेलमा मृत कोरोनाको कोषिका उपयोग गरिएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलका अनुसार भेरोसेल निष्क्रिय भाइरसको कणले निर्मित खोप भएकाले यसमा रोग उत्पन्न गर्ने क्षमता हुँदैन।

भेरोसेलको प्रभावकारिता ७९.३४ प्रतिशत रहेको विज्ञहरुले बताएका छन्। यो खोपको पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप लगाउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad