समाज


काठमाडौंमा महानगरले तोक्यो भेरोसिल खोप लगाउने केन्द्र (सूचीसहित)

काठमाडौंमा महानगरले तोक्यो भेरोसिल खोप लगाउने केन्द्र (सूचीसहित)

नेपालखबर
जेठ २४, २०७८ सोमबार ८:५५,

काठमाडौं महानगरपालिकाले काठमाडौंमा कोरोनाविरुद्ध भेरोसिल खोप लगाउन केन्द्र तोकेको छ।

महानगरले ३२ वटा केन्द्र तोकेको हो। जेठ २५ देखि देशभर कोरोना विरुद्धको भेरोसिल खोप लगाइँदै छ।

६० देखि ६४ वर्ष उमेरसम्मका व्यक्तिलाई लगाइने खोपका लागि काठमाडौं महानगरपालिकाले उमेरअनुसार खोप लगाउने दिन तोकेको छ।

जेठ २९ गतेसम्म चल्ने उक्त खोप कार्यक्रमका लागि जेठ २५ गते ६४ वर्ष, जेठ २६ गते ६३ वर्ष, जेठ २७ गते ६२ वर्ष, जेठ २८ गते ६१ वर्ष र जेठ २९ गते ६० वर्षकालाई लगाइने भएको छ।

खोप लगाउन उमेर खुल्ने परिचयपत्रसहित खोपकेन्द्रमा जान सकिने महानगरले जनाएको छ।

chinese khop1

chinese khop2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad