भारतमा बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु भएको छ।
राजधानी नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड-१९ विरूद्धको कोभाक्सिन खोपको क्लिनिकल परीक्षण सुरु गरेको हो।
दुईदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने अधिकारीहरुले जनाएका छन्। ‘कोभाक्सिन खोप बालबालिकामा प्रयोगका लागि क्लिनिकल परीक्षण अभियान शुरू भएको छ,’ एम्सका एक अधिकारीले भने, ‘परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई यो खोप दिन उपयुक्त देखिएमा खोपलाई आमरुपमा प्रयोगमा ल्याइने छ।’
भारतको औषधि नियामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा कोभाक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति प्रदान गरेको थियो।
कोभ्याक्सिन बालबालिकाहरुका लागि उपयुक्त छ कि छैन भनेर हेर्न भारतको पूर्वी राज्य बिहारको पटनामा रहेको एम्स अस्पतालमा बालबालिकाहरुलाई यस अघि नै परीक्षण गरिएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया