समाज


हिजोभन्दा दोब्बरले बढे कोरोना संक्रमित

हिजोभन्दा दोब्बरले बढे कोरोना संक्रमित

नेपालखबर
असार ८, २०७८ मंगलबार ११:४४,

काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा केही खुकुलो हुँदै गएको छ। त्यो सँगै घट्दै गएको कोरोना संक्रमित हुनेको संख्या पनि ह्वात्तै बढेको छ।

हिजोभन्दा आज झण्डै दोब्बरको संख्यामा संक्रमण पुष्टि भएको छ।

गएको २४ घण्टामा नेपालमा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जबकी हिजो यो संख्या २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै, आज काठमाडौं उपत्यकामा ४७६ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ३१०, ललितपुरमा ९९ र भक्तपुरमा ६७ जना रहेका छन्। हिजो काठमाडौंमा २८५, ललितपुरमा ३५ र भक्तपुर ३३ जना गरी उपत्यकामा जम्मा ३५३ जनामा संक्रमण देखिएको थियो।

हिजोभन्दा आज परीक्षणको दर अलिकति बढाएको तथ्यांकले देखाएको छ। हिजो १० हजार ९०४ जनाको परीक्षण गरिएको थियो भने आज १६ हजार ९१३ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आजसम्म देशभर ६ लाख २६ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको छ भने ५ लाख ६४ हजार ८८२ जना संक्रमणमुक्त भएका छन्। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८१३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .