समाज


‘बागमतीसहित विभिन्न नदीमा बाढीको खतरा बढ्यो, उच्च सतर्कता अपनाऔं’

‘बागमतीसहित विभिन्न नदीमा बाढीको खतरा बढ्यो, उच्च सतर्कता अपनाऔं’

नेपालखबर
असार १२, २०७८ शनिबार ४:३४,

आज बिहानैदेखि देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले कर्णालीदेखि पूर्वका पाँचवटा प्रदेशमा वर्षा भइरहेको छ।

वर्षासँगै बाढी तथा डुबानको जोखिम बढेको छ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले आज कहाँ कहाँ बाढीको जोखिम छ भनेर अनुमान सार्वजनिक गरेको छ।

सूचनामा भनिएको छ : आज कन्काई, कोसी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्ने र केही ससाना नदीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाऔं।’

बाढी महाशाखाले दैनिक ३ दिनसम्मको बाढीको अनुमान सार्वजनिक गर्छ।

यस्तो छ, सोमबारसम्म बाढीको सम्भावना :

badhi 12asar

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad