नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल पक्राउ परेका छन्।
बिहीबार राति उनलाई सुनवल नगरपालिका-१३ बडेरास्थित घरबाटै पक्राउ गरिएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी अनुसन्धान थालिएको उनले बताए। ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन्।
विप्लव समूहका जिल्ला इन्चार्ज सुमन ज्ञवाली यसअघि नै पक्राउ परी कारागारमा छन् भने पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले विप्लव समूह परित्याग गरी धरौटीमा छुट्दै आएका पनि छन्।
3
Shares

प्रतिक्रिया