समाज


आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना, तीजमा कस्तो रहला मौसम?

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना, तीजमा कस्तो रहला मौसम?

नेपालखबर
भदौ १५, २०७६ आइतबार १:५२,

आज (आइतबार) काठमाडौं उपत्यकाहित मध्य तथा पश्चिम क्षेत्रमा दिनभरजसो पानी पर्ने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यका र पश्चिमका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ।

रूपन्देही र कपिलवस्तुलगायत आसपासका क्षेत्रमा अहिले (आइतबार बिहान ७ बजे) भारी वर्षासमेत भइरहेको छ। ‘यो क्रम अझ दुई÷तीन घण्टा जारी रहने देखिन्छ,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘आज दिनभरजसो मौसम बदली रहने सम्भावना छ।’

दिउँसो केही खुलेजस्तो भए पनि राति फेरि पानी पर्ने सम्भावना रहेको उनले बताए। मौसम भोलिसम्म यस्तै रहने सम्भावना रहेको मौसमविद् श्रेष्ठको भनाइ छ।

उनका अनुसार अहिले पूर्वी क्षेत्रमा भने मौसम सामान्य छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र १५ गते आइतबार
दिउँसो : देशको पश्चिमी भू-भागमा सामान्य बदली साथै मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका केही स्थानहरूमा साथै पूर्व र मध्यका थोरै स्थानहररूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।

राति : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।

भाद्र १६ गते सोमबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहितत हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति : देशभरी सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा साथै पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

भाद्र १७ गते मंगलबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति : देशभरि सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा साथै मध्य तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहन्छ।#माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad