महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
घरको भुइँमा झरेको नांगो तार छुँदा सियारामको मृत्यु भएको हो। बुवालाई करेन्ट लागेको देखेर छोराछोरीले बचाउन जाँदा उनीहरुलाई पनि करेन्ट लागेको प्रहरीको भनाई छ।
करेन्ट लागेर गम्भीर घाइते भएका सियारामका १७ वर्षीय छोरा सुरेश ठाकुर र १० वर्षीया छोरी पूजाकुमारीको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका तीनै जनालाई स्थानीयवासीको सहयोगमा गएराति नै उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्याएका थिए।
सियारामको उपचारकै क्रममा मृृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया