समाज


बेनी–जोमसोम सडकमा जिपका यात्रु लुटिए

बेनी–जोमसोम सडकमा जिपका यात्रु लुटिए

नेपालखबर
असार २, २०७६ सोमबार १४:२९,

म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित बेनी जोमसोम सडकमा पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१ज ५९०९ नम्बरको जिपमा सवार यात्रु लुटिएका छन्।

लुटेराहरुले जिप रोकि यात्रुको साथमा रहेको नगद तथा झोलाहरु लुटेका हुन्।

सो लुटपाट संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–७ हिस्ताङ बस्ने समित पुन, म्याग्दी रघुगंगा गाउँपालिका–१ टिप्ल्याङ बस्ने यमस पुर्जा र पर्वत जलजला गाउँपालिका–३ पारी बस्ने कुशल पाईजा रहेका छन्। प्रहरीले उनीहरुलाई भाग्दा भाग्दै फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad