समाज


बालाकोट आक्रमण ब्युँताउन पाकिस्तान सक्रिय : भारतीय सेना प्रमुख

बालाकोट आक्रमण ब्युँताउन पाकिस्तान सक्रिय : भारतीय सेना प्रमुख

नेपालखबर
असोज ६, २०७६ सोमबार ९:४०,

भारतीय सेनाका प्रमुख बिपिन रावतले गत फेब्रुअरी २६ तारिखमा बालकोटमा भएको भारतीय जवाफी आक्रमण ब्युँताउन पाकिस्तान लागि परेको अरोप लगाएका छन्।

रावतले पाकिस्तानका ५ सय जासूस भारतमा छिर्ने प्रयासमा रहेको पनि बताएका छन्। चेन्नाइमा सोमाबर रावतले भने,‘बालाकोट आक्रमण ब्युताइएको छ। बालाकोट भारतीय सेनाको जवाफी कारबाहीमा ध्वस्त भएको थियो।’

फेब्रुअरी १४ तारिखमा भारत प्रशासित कस्मिरको पुलुवामा जिल्लामा पाकिसतानस्थित जैस ए मोहम्मद समूहले आत्मघाती बम विस्फोट गराउँदा ४० भन्दा बढी भारतीय सेनाको मृत्यु भएको थियो।

जैस ए मोहम्मद आतंकवादी समूहलाई पाकिस्तानको सहयोग र साथ भएको भारतले आरोप लगाउँदै आएको छ। पाकिस्तान भने यो विषय अस्वीकार गर्दछ।

१४ तारिखको आक्रमणको जवाफमा भारतीय वायु सेनाले फेब्रुअरी २६ मा जैस ए मोहम्मदको पाकिस्तानस्थित अखडामा आक्रमण गरेको थियो।

त्यस आक्रमण पाकिस्तानको बालाकोटमा भएको थियो। भारतीय पक्षका अनुसार त्यस आक्रमणमा २ सयभन्दा बढी आतंकवादीको मृत्यु भएको थियो।

अफिसर्स ट्रेनिङ एकेडेमीमा रावतले सोमबार भने,‘पाकस्तिानले युद्धविरामको सम्झौतालाई उल्लंघन गरेको छ। उनीहरुका जासूस र सेनाले सीमाना उल्लंघन गरेको छ।’

भारतीय सेनालाई कसरी जवाफी कारबाही गर्ने भनेर राम्रोसँग थाहा भएको उनको भनाइ छ। जासूसहरुलाई नियन्त्रणमा लिनका लागि आफूहरले सुरक्षा व्यवस्था कडा बनाएको उनले बताएका छन्।

पाकिस्तानी कार्यले बालकोटजस्तै अर्को घटना हुनसक्ने रावतले चेतावनी दिएका हुन्। इन्डिया टुडे

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .