समाज


काभ्रेमा गाडीबाट बरामद गरिएको १५ कार्टुन मर्चा खाडलमा गाडियो

काभ्रेमा गाडीबाट बरामद गरिएको १५ कार्टुन मर्चा खाडलमा गाडियो

नेपालखबर
चैत ५, २०८० सोमबार ९:५५, काभ्रे

काभ्रे प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा बनाउने कच्चा पदार्थ (मर्चा) नष्ट गरेको छ।

पाँचखाल नगरपालिका वडा नम्बर- ४ अरनिको राजमार्गस्थित लामिडाँडाबाट बरामद गरिएको १५ कार्टुन (१२ सय पिस) मर्चा खाडलमा पुरेर नष्ट गरिएको जिल्ल प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

यही चैत २ गते काभ्रे प्रहरी र ट्राफिक प्रहरी काभ्रेको संयुक्त चेकिङ्गको क्रममा  बागमती प्रदेश ०१-००४ क १५४६ नम्बरको आइचर गाडीबाट सो मर्चा बरामद गरिएको थियो। 

आइतबार जिल्ला समन्वय समितिका सदस्य तथा पाँचखाल- ४ का वडा सदस्य निर बहादुर लामा, समाजसेवी, बुद्धिजिवीहरुको रोहबरमा उक्त मर्चा खाडलमा पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .