समाज


रुखमा तारले बाँधेर जिउँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो २५ वर्षीय युवकको शव

रुखमा तारले बाँधेर जिउँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो २५ वर्षीय युवकको शव

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार ११:२३, काठमाडौँ

काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक युवकको शव फेला परेको छ।

पाँचखाल नगरपालिका- ४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चा जंगलको एकान्त स्थलमा हत्या गरेर जलाएको अवस्थामा झण्डै २५ वर्षका युवकको शव फेला परेको हो। शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

‘हामी अहिले घटनास्थलमा जाँदैछौँ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले नेपालखबरसँग भने, ‘इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली बिहानै त्यहाँ पुगेको थियो। गम्भीर प्रकृतिको घटना भएकाले म पनि घटनास्थलतिर जाँदैछु। घटना अनुसन्धानको लागि कुकुर पनि लगिएको छ।’ 

शवको पहिचान हुन सकेको छैन। ‘शवको प्रकृति हेर्दा झण्डै २५ वर्ष जति उमेरको पुरुषको भएको अनुमान गरिएको छ। यथार्थ विवरण अनुसन्धानपछि खुल्ला।’ 

युवकलाई मुख र छात्तीमा फलामको तारले रुखमा बाँधेर आगो लगाएको जस्तो देखिने डीएसपी श्रेष्ठले बताए। 

ती युवकको २०/२५ दिनअघि नै हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .