समाज


त्रिशूली नदीमा तैरिरहेको अवस्थामा भेटियो युवकको शव

९ दिनअघि मोटरसाइकलबाट खसेका रोहित राना हुनसक्ने आशंका
त्रिशूली नदीमा तैरिरहेको अवस्थामा भेटियो युवकको शव

सुनिता विष्ट
फागुन ११, २०८१ आइतबार १०:२७, हेटौँडा

त्रिशूली नदीमा आज बिहान एउटा शव फेला परेको छ। 

जलबिरेस्थित त्रिशूली नदीमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

त्रिशूली नदीको किनारमा एक व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो। हाल उक्त शव नदीबाट बाहिर निकाल्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक लक्ष्मण केसीले जानकारी दिए। 

टाढाबाट शवको प्रारम्भिक हुलिया हेर्दा फागुन २ गते नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका रोहित रानाको हुनसक्ने आंकलन प्रहरीले गरेको छ। 

‘रोहितका आफन्त पनि शव फेला परेको स्थलमा आइपुग्नु भएको छ,’ प्रहरी निरीक्षक केसीले नेपालखबरसँग भने, परिवारका सदस्यले टाढाबाट हेर्दा कपडाहरुको आधारमा रोहित नै भएको बताउनुभएको छ। यद्यपि, सनाखत भने शव नदीबाट बाहिर निकालेपछि मात्रै हुन्छ।’ 

यही फागुन २ गते शुक्रबार बिहान ११ः३० बजेतिर लमजुङको सुन्दबजार गाउँपालिका–३ चन्द्रेश्वर स्थायी घर भएका २७ वर्षका रोहित राना नारायणगढ–मुग्लिङ सडकखण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ चट्टानेभीरमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए। 

नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकल चालक राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा बेपत्ता भएका हुन्। 

राना सवार बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक भने सडकमै थियो। सडकको छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा राना उछिट्टिएर त्रिशूली नदीमा पुगेको दुर्घटनास्थल नजिकै माछा मार्दै गरेका प्रत्यक्षदर्शीले बताएका थिए।

 राना भारतीय सेनामा कार्यरत गोर्खाली राइफल म्यान हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad