ad ad

समाज


धरानमा युवकलाई गोली हानी हत्यामा संलग्न थप दुईजना पक्राउ

धरानमा युवकलाई गोली हानी हत्यामा संलग्न थप दुईजना पक्राउ

नेपालखबर
साउन १९, २०८० शुक्रबार १५:२७, काठमाडौँ

सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा युवकलाई गोली हानी हत्या गरिएको घटनामा संलग्न थप दुईजना पक्राउ परेका छन्।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार झापाको भद्रपुर नगरपालिका १ घर भई हाल धरान बस्दै आएका ३० वर्षीय प्रकाश लिम्बु र विराटनगर नगरपालिका १५ का ४१ वर्षीय अजयकुमार शर्मा पक्राउ परेका हुन्। 

उनीहरुले साउन ५ गते इटहरी उपमहानगरपालिका २० सेउती पुलनजिकै विराटनगरका २८ वर्षीय रोहित चौधरीको हत्या गरेका थिए।

रोहितलाई पेस्तोल ताकेर सँगै रहेकी युवतीलाई लुटपाट गर्न थालेपछि उनले प्रतिकार गरेका थिए। लुटपाटको प्रतिकार गर्दा गोली हानी लुटेराले रोहितको हत्या गरेका थिए। 

घटनामा संलग्न अरु दुईजना यसअघि नै पक्राउ परेका थिए। यो घटना अनुसन्धान तथा प्रतिवाधि पक्राउका लागि कोशी प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्हरी कार्यालय इटहरीबाट संयुक्त टोली परिचालन गरिएको एसपी कँडेलले बताए। 

पक्राउ परेका शर्माले घटनामा प्रयोग भएको हतियार किनेर ल्याएको खुलेको छ। उनी पनि यसअघि लागुऔषधको मुद्दामा जेल बसेर छुटेका हुन्।

४ वर्ष ८ महिना कैद भुक्तान गरेर छुटेका शर्मा लुटेरा समूहमा आवद्ध भएका थिए। 

यसअघि लेटाङ नगरपालिका १ का ३५ वर्षीय दीपक तिमिल्सिना र धरान १० का ३४ वर्षीय अनसन तामाङलाई प्रहरीले साउन १६ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .