आज (सोमबार) राति देशका विभिन्न स्थानमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो।
यस्तै कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
साथै आज राति लुम्बिनी र कोसी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टा (सोमबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ : देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी, मधेस र कोसी प्रदेशका केही र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया