ad ad

समाज


पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८० आइतबार ८:४, लमजुङ

पहिरो खसेपछि लमजुङको बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। 

लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ४  श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको जानकारी दिए। 

पहिरो हटाउन डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .