समाज


ट्याक्टर भिरबाट खस्दा २८ वर्षीय चालकको मृत्यु

ट्याक्टर भिरबाट खस्दा २८ वर्षीय चालकको मृत्यु

नेपालखबर
साउन २४, २०८२ शनिबार ९:५८, रुकुमपश्चि

रुकुमपश्चिको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

शुक्रबार त्रिवेणी गाउँपालिका–३ र ६ मा पर्ने झुल्नेटा बजारबाट खुम्चेरीतर्फ किराना सामान लिएर जाँदै गरेको लु.प्र-१-००१त ७८७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका-५ का २८ वर्षीय बुद्धिमान खड्का रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

उनका अनुसार ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad