ad ad

समाज


इटहरीमा युवकको ज्यान लिएको हात्तीलाई जंगलतिर खेदियो

इटहरीमा युवकको ज्यान लिएको हात्तीलाई जंगलतिर खेदियो

नेपालखबर
मंसिर १४, २०८० बिहिबार ८:५०, सुनसरी

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमै छिरेर बुधबार राति एक युवकको ज्यान लिएको हात्तीलाई चारकोसे झाडीतर्फ खेदिएको छ।  

इटहरी उपमहानगरपालिका-२ शान्तिनगरस्थित तालतलैया क्षेत्रमा हात्तीले किचेर २५ वर्षीय रविन खड्काको ज्यान लिएको हात्तीलाई भवानीपुरबाट जंगलतर्फ खेदिएको हो। भवानीपुर पनि उपमहानगर क्षेत्रमै पर्छ

बुधबार राति हात्तीको आक्रमणमा ज्यान गुमाउने युवक इटहरीकै बासिन्दा हन्। 

घटना भएलगत्तै स्थानीयले उद्धार गरे पनि अस्पताल नपुर्याउँदै खड्काको ज्यान गएको प्रहरीले जनाएको छ।

चारकोसे झाडीबाट निस्केर इटहरी उपमहानगरकै तरहरा र आसपासका क्षेत्रमा हात्तीले बारम्बार स्थानीयलाई दुःख दिने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .