इलाममा गोरु बोकेको गाडी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका छन्।
इलाम नगरपालिका– ५ को भित्री सडकमा गएराति करिब दुई बजे चार वटा गोरु बोकेको प्र १–०३–००१ च ००६९ नम्बरको पिकप गाडी सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
दुर्घटनामा इलाम-५ का २२ वर्षीय तोया घिमिरेको मृत्यु भएको हो। गाडि सडकबाट करिब ६० मिटर तल खसेको छ।
दुर्घटनामा गाडी चालक इलाम-४ का २० वर्षीय अभिषेक तिवारी पनि घाइते भएका छन्। उनको इलाम अस्पतालमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
4.9k
Shares
प्रतिक्रिया